मुख्य समाचार

स्मार्ट लाइसेन्स बितरणमा भएको ढिलाइ अर्को हप्ताबाट समाधान हुदै

काठमाडौ , २१ मंसिर । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी साता देखि दैनिक तीन कार्य समयमा अनुमति पत्र छापिने भएको छ । ‘मास प्रिन्टर’मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनाइएको हो ।

केही दिनदेखि ‘मास प्रिन्टर’ मार्फत छपाइ शुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले दिनमा एक कार्य समयमा मात्रै छपाइ भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।


advertisement

हमालका अनुसार अहिले विभागका सात जना कर्मचारीले उपकरण सञ्चालनको तालिम समेत लिइरहेका छन् । उनीहरुले तालिम सके सँगै उपकरण पूर्णरुपमा चलाउन लागिएको हो । उनले भने, ‘एक साता भित्रमा तालीम सकाएर मास प्रिन्टर पूर्ण रुपमा छपाइमा जानेछ ।

मास प्रिन्टरले दैनिक साढे सात हजार सम्म चालक अनुमति पत्र छाप्ने बताइएको छ । ‘मास प्रिन्टर’ सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण प्रिन्टर पनि प्रयोगमा आउने उनको भनाइ छ । पुरानो उपकरण कुनैमा समस्या आए पनि विभागले मर्मत गरेर सञ्चालन गरिरहेको छ ।

अहिले पनि एक कार्य समयमा छाप्दा दैनिक दुई हजार ५०० कार्ड छापिरहेको छ । तीन कार्य समयमा चलाउन पनि विभाग सँग पर्याप्त जनशक्ति रहेको उनले बताए । देश भरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमति पत्र छाप्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: