Uncategorized

जिवनको पहिलो खुटकिलो महिला स्वास्थ्य स्वयमसेविका हो

अधिकारकर्मी र राजनीतिक नेतृका रुपमा जिल्लादेखि केन्द्रसम्म परिचित छिन् । तर, उनी अधिकारकर्मी र राजनीतिक नेतृ नभई उनी सफल महिला स्वास्थ्य स्वयमसेविका पनि हुन् । बिहीबार अर्थात ५ डिसेम्बरका दिन १६औँ महिला स्वास्थ्य स्वयमसेविका दिवस थियो । बेदकोट नगरपालिका ६ सिसैयाकी प्रेमबती राना पनि महिला स्वास्थ्य स्वयमसेविकाको यूनफममा सजिएर कार्यक्तम स्थल पुदा उनका सहकर्मी दङ परे । अरे, प्रेमबती त ।

महिला अधिकारकर्मी र नेतृ हाईन ? भन्दै एक आपसमा कानेखुसी गर्दै थिए, तर प्रेमबतीसंगै काम गरेका केही महिला स्वास्थ्य स्वयसेविकाले भने उहाँ पनि महिला स्वास्थ्य स्वयसेविका भएको बनेपछि नयाँ महिला स्वास्थ्य स्वयमसेविका पत्याएनन् । अन्य समयमा फरक भूमिकामा रहेकी प्रेमबती दिवसका दिन । महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका गएपछि स्वयमसेविका मात्र नभई अन्य पनि चर्कित भएका थिए । तत्तकालिन सुडा गाँउ विकास समिति हुँदा प्रेमबती ०६० सालमा महिला स्वास्थ्य स्वयमसेविकामा प्रवेस गरेकी थिईन् ।


advertisement

दुई बच्चाकी आमा हुँदा उनलाई यो अवसर जुट्यो । राना समुदायकी प्रेमबती सानैदेखि समाजका लागि केही गर्नुपर्छ भन्ने उनको विचार थियो, उनले समाजिक सेवाका लागि पहिलो खुटकिलो ‘महिला स्वास्थ्य स्वयमसेविका बन्यो ।’ महिला स्वास्थ्य स्वयमसेवकामा काम गर्दा गर्दा उनले चार बर्षपछि राजनीतिक यात्रा पनि शुरु गरे । विस ०६४सालतिर उनी राजनीतिक यात्रामा प्रवेस गरे । राजनीतिक यात्रासंगै प्रेमबतीलाई अर्को जिम्मेबारी थपियो । नेपाल राना थारु समाज केन्द्रीय सदस्य हुँदै उनी ०७३ सालतिर नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरको अध्यक्ष भईन् ।

त्यसका साथै ०७५मा अन्तरपार्टी महिला संञ्जाल कञ्चनपुरको अध्यक्षको समेत नेतृत्व गरिसकिन् । अहिले नेपाल आदिवासी जनजाति महासंघ महिलाको अध्यक्षका साथै उनी राजपाको केन्द्रीय सदस्य समेत छिन् । राजीतिकसंगै समाजसेवका खटिएकी प्रेमबतीले आफ्नो बृद्धि विकास र समाजिक जिवनको पहिचानको पहिले खुटकिलो महिला स्वास्थ्य स्वयमसेविका भएको बताउँछिन् । ‘म महिला स्वास्थ्य स्वयमसेविका थिए, ‘उनले भनिन, ‘समाजिक काममा तत्तलिन हुन्थे, सीमितलाई थाहा थियो, म स्वास्थ्य स्वयमसेविका भएको, कार्यक्रमबाट सबैले थाहा पाए ।’ बहुमुखी समाजिक क्षेत्रमा जोडिएकी प्रेमबती रानाले निःस्वार्थ भएर समाजका लागि काम गर्दा आत्म सन्तृष्टी हुने बताए । तर राज्यले महिला स्वास्थ्य स्वयसेविकाको भूमिका मुल्याङ्गकन गर्न नसकेको उनको भनाई छ ।

उनले आफुलाई सहकर्मीले केन्द्रीय सदस्य जस्तो एव महिला नेतृ र अधिकारकर्मी भएपनि किन ? महिला स्वास्थ्य स्वयमसेविका बनेको प्रशन गरेको बताईन् । ‘मेरो पहिचान महिला स्वास्थ्य स्वयसेविकाबाट भएको हो, ‘उनले भनिन, ‘यस्तो पवित्र सेवालाई छाड्न सकिदैन् ।’ प्रेमबती राना सहित बेदकोट नगरपालिकाले महिला स्वास्थ्य स्वयम सेविका दिवसको अवसर पारेर ८५जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान एव कदर गरेको छ । बेदकोट नगरका मेयर अशोक चन्दले नगरका सबै महिला स्वास्थ्य स्वयमसेविकाको समाजिक क्षेत्रमा अमुल्य योगदान भएको बताए । मेयर चन्दले सबै महिला स्वास्थ्य स्वयमसेविकालाई प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गर्दै समाजिक मुल्याकन भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: