सरकारी जग्गा हत्याउँदै नेकपा नेता

meropati

झापा, २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर समेत रहेको झापाको दमक नगरपालिका–८ बालुवाटार स्थित करोडौं मूल्यको सरकारी जमिन सत्तारुढ नेकपाकै एक नेताले कब्जा गर्ने प्रयास गरेका छन् । नेकपा नेता गगन पुरीले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।

नेता पुरीले मालपोत र नापीका कर्मचारी सँग मिलेर सरकारी जमिन व्यक्तिको नाममा पार्ने प्रयास गरेको खुलेको छ । पुरीले ११ बिघा सरकारी जमिनलाई मोरङको पथरी शनिश्चरे नगरपालिकाका एक सामान्य व्यक्तिको नाममा पास गराएर हत्याउन खोजेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।



जमिन मोरङ पथरीका ओमप्रकाश पौडेलको नाममा पास गरिदिन लागेको बुझिएको छ । यो समाचार आजको कारोबार दैनिकमा मनिषा चम्लागाइँले लेख्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: