बेलायतमा चर्चित फेसबुक र फोटो सेयरिङ एप इन्स्टाग्राम डाउन

meropati

बेलायतमा सामाजिक सञ्जाल फेसबुक र फोटो सेयरिङ एप इन्स्टाग्राम डाउन भएका छन् । हजारौं प्रयोगकर्ताहरुले आफूले यी सञ्जालका फिडहरु रिफ्रेस नभइरहेको र फोटो तथा भिडियो समेत अपलोड नभइरहेको बताएका छन् ।

डाउन डिटेक्टरका अनुसार यो समस्या बेलायतभरका प्रयोगकर्तामाझ बिहीबार दिउँसोदेखि नै समस्या भइरहेको बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।



७४ प्रतिशत प्रयोगकर्ताहरुका अनुसार उनीहरुलाई न्यूजफिडमा समस्या भइरहेको छ भने १४ प्रतिशत प्रयोगकर्तालाई स्टोरी अपलोडिङमा समस्या आइरहेको छ । १० प्रतिशत प्रयोगकर्ता वेबसाइटमा काम नगरेको समस्या देखाएका छन्।

यद्यपि यी एप्लिकेसन किन डाउन भएको बारे आधिकारिक जानकारी आइसकेको छैन् । यसको असर नेपालमा समेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: