भारतको राजधानी दिल्लीमा आगलागी ४३ जना भन्दा धेरैको ज्यान गयो

meropati

काठमाण्डौ, २२ मंसिर । भारतको राजधानी दिल्लीमा रहेको एउटा अन्न बजारमा आगलागि हुँदा ४३ जना भन्दा धेरैको ज्यान गएको छ । दिल्लीको रानी झाँसी रोडमा रहेको अन्न बजारमा बिहान आगलागी हुँदा ४३ जना भन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दर्जनौँ कामदार सुतिरहेका बेला आगलागी भएको थियो । आगो लागेको केही समयमा नै दमकल पुगेको भए पनि आगो नियन्त्रणमा लिन कठिनाइ हुँदा धेरैको ज्यान गएको भारतीय प्रहरीले जनाएको छ । आगलागीमा परेर १५ जनाभन्दा बढी गम्भीर घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।



घटनास्थलमा अहिले पनि उद्दारको काम भइरहेको छ । दिल्लीको एलएनजेपी अस्पतालमा पुर्‍याइएका ४९ मध्ये ३४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । बाँकी १५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । घाइतेहरुको आरएमएल, एलएनजेपी, हिन्दु राव र सफदरजंग अस्पतालमा उपचार भइरहेको छ ।

घटना लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल लगायतले ट्वीट गर्दै दुर्घटना प्रति दुःख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: