भन्सार छली ल्याउदै गरेको एक करोड बराबरको अबैध सामान बरामद

meropati

नवलपरासी, २२ मंसिर । पश्चिम नवलपरासी प्रहरी कार्यालयले सुनवल १२ भुमहीबाट भन्सार छली ल्याउदै गरेको एक करोड बराबरको अबैध सामान समातेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दिएको जानकारी अनुसार चितवनबाट भारतको दिल्ली सम्म चल्ने ना ८ ख १२०३ नम्बरको यात्री बसले नेपाल तर्फ लिदै गर्दा बरामद गरेको हो ।

बेलहिया भन्सारबाट सहजै भित्रिएको बसलाई सुराकीको आधारमा भैरहवाबाट पछ्याउँदै आएको प्रहरीले भुमहीमा चेकजाच गर्ने क्रममा अबैध समान बरामद भएको हो ११ जना यात्रु सहित बसको छतमा फल्ट बटम बनाएर सामान ल्याईदै थियो ।



बरामद भएका सामान ८ कार्टुनमा ५० भन्दा बढी मोबाईल छन एउटा मोबाईलको मूल्य करिब ३० हजार देखि १ लाख सम्म प्रछ । त्यस्तै १८ बोरा ट्रयासुट र ८ कार्टुन औषधिहरु छन् । बरामद भएको औषधिमा महंगा आयुर्वेदीक औषधि रहेको प्रहरीको भनाई छ । बरामद गरिएको सामान र बस चालक सहित थप अनुसन्धानका लागि बेलहिया भन्सार कार्यालय पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: