बंगलादेशलाई १.० ले हराउँदै नेपाल फाइनलमा पुग्यो

meropati

बुटवल,२३ मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ । आइतबार दशरथ रंग शालामा भएको सेमिफाइनलमा बंगला देशलाई १.० गोलले हराएर नेपाल फाइनलमा प्रवेश गरेको छ ।

नेपालले पहिलो हाफमा गोल गरि अग्रता बनाएको हो । नेपालको तर्फबाट कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका थिए । ११औँ  मिनेटमा नेपाललाई अग्रता दिलाउन सफल बनेका थिए । अब नेपाल उपाधिका लागि मंगलबार भुटान सँग प्रतिस्पर्धा गर्दै छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: