प्रधानमन्त्रीको सक्रियता बढ्यो आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्ने

meropati

बुटवल ,२३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किए पछि पहिलो पटक मन्त्रिपरिषदको बैठक सोमवार बस्दै छ । एपेन्डिसाइटिसको शल्यक्रिया पछि दशदिन अस्पताल बसेर फर्किएका प्रधानमन्त्री काममा फर्कनु भएको छ । १४ दिन अघि प्रधानमन्त्रीलाई अचानक स्वास्थ्यमा समस्या भए पछि शिक्षण अस्पताल काठमाण्डौमा भर्ना गरिएको थियो ।

चार दिन अघि अस्पतालबाट डिस्चार्ज हुनुभएको प्रधानमन्त्रीले यस बीचमा सीमित व्यक्तिहरु सँग मात्र भेटघाट गर्नु भएको छ । मन्त्रिपरिषद बैठक सोमबार अपरान्ह ४ बजे बोलाइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनु भयो । यस अघि प्रधानमन्त्रीले पार्टी सचिवालय बैठकका एजेण्डाहरुका बारेमा अध्यक्ष प्रचण्ड सँग पनि परामर्श गर्नु भएको थियो ।



प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ अहिले पूर्ववत काममा फर्किसकेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताउनु भयो । यसबीचमा पोखरेल सहित केही मन्त्री सँग प्रधानमन्त्रीले परामर्श गर्नु भएको छ । प्रधानमन्त्री अस्पतालमै भएका बेला अर्का अध्यक्ष प्रचण्डले सचिवालय बैठक पनि राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: