मुख्य समाचार

प्रदेश नं.१ मा प्रदेश सरकारले बनाएको कानुन विरुद्ध १४ मुद्दा

विराटनगर, २३ मंसिर । १ नं. प्रदेशमा प्रदेश सरकारले बनाएको कानुन विरुद्ध १४ मुद्दा परेको छ । ०७५ ७६ मा प्रदेश सरकारले तयार पारेका प्रदेश कानुन विरुद्ध १४ वटा मुद्दा उच्च अदालत विराटनगर र सर्वोच्च अदालतमा परेको हो । १ नं. प्रदेशका मुख्य न्यायाधीवक्ता चुडामणि आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष पेश गर्नु भएको हो ०७५/७६ को वार्षिक प्रतिवेदनमा प्रदेश कानुनविरुद्ध मुद्दा परेको उल्लेख गरिएको छ ।

संविधानमा व्यवस्था गरिए अनुसार बुझाएको प्रतिवेदन संसदीय कानुन सँग सम्बन्धित काम कारबाहीमा प्रदेश सरकारविरुद्ध १३ र स्थानीय तहका कानुनसँग सम्बन्धित काम कारबाहीमा प्रदेश सरकारलाई समेत विपक्षी बनाई १ मुद्दा परेको उल्लेख गरिएको छ। मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य, अधिकार र सेवाअन्तर्गत सम्बन्धित ऐन २०७५ को दफा १२ बमोजिम मुख्य न्यायाधीवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामकाजको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गर्नु पर्ने प्रावधान अनुसार पेश गरिएको छ ।


advertisement

प्रतिवेदनमा प्रदेश सरकार पक्ष र विपक्ष भई चलेको मुद्दासम्बन्धी विवरण सरकारवादी भई चल्ने मुद्दामा भविष्यमा गरिनु पर्ने सुधार तथा आफ्नो मातहतका कार्यालयको भौतिक स्थिती, कार्यबोझ, काम कारबाहीको स्थिती तथा सिफारिस र सुझाव समेत उल्लेख गरिएको जानकारी दिनु भयो । आर्थिक वर्षको तीन महिनाभित्र प्रतिवेदन पेश गर्नु पर्नेमा ५ महिना पछि पेश गरिएको छ । उनका अनुसार ०७५/७६ मा प्रदेश सरकार प्रत्यार्थी भई दायर भएका १२ मुद्दा उच्च अदालत विराटनगबाट फैसला भएका छन् ।

सर्वोच्च अदालतमा ७, उच्च अदालतमा विराटनगरमा १४, उच्च अदालत विराटनगरमा, ओखलढुंगा इजलासमा ३ र उच्च अदालत विराटनगर, इलाम इजदासमा १ बाट मुद्दा चालु अवस्थामा रहेको बताउनु भयो । अझै काम गर्न जटिल अवस्था रहेको उहाको भनाइ छ । संविधानमा प्रदेशको एकल अधिकार सूचीमा क्षेत्रलाई पनि व्यवस्थापन गर्न नसकिएको उहाको भनाइ रहेको छ ।

प्रदेश प्रहरी र प्रदेशको फौजदारी मुद्दालगायत विषयलाई आफ्नो क्षेत्राधिकारभित्र ल्याउन नसकिएको उनले बताए। प्रदेश सरकारले अहिले सर्वोच्च र उच्च अदालतमा ५० वटा मुद्दा खेपिरहेको छ। प्रदेश प्रमुखको कार्यालयका सचिव गोपी घिमिरेले मुख्य न्यायाधीवक्ताले प्रदेश प्रमुखसमक्ष पेश भएको वार्षिक प्रतिवेदन प्रदेश सरकार र प्रदेश सभामा पठाउने तयारी भैरहेको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: