मुख्य समाचार

टिप्पर पल्टीदा एक जनाको ज्यान गयो एक घाईते

पाल्पा, २३ मंसिर । पाल्पा जिल्लाको निस्दी गाउँपालिका ३ धार्केसिङमा आइतबार दिउसो टिप्पर पल्टीदा एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । ज्यान जानेमा जाजरकोट जिल्लाको साविक गाविस खालारहिका ८ का २३ वर्षीय टेकबहादुर बुढामगर रहेका छन् ।

उहाको घटनास्थलमै ज्यान गएको हो । घाइते हुनेमा सुर्खेत शिवालय गाउँपालिका–६ का ३८ वर्षीय दीलबहादुर थापा हुनुहुन्छ उहाको तानसेन स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।


advertisement

नवलपरासी देखी इट्टा बोकेर निस्दीको काउलेबन तर्फ आउँदै गरेको प्रदेश नम्बर ३०–१–००–३ क ४४५६ नम्बरको टिपर आइतबार दिउँसो एक बजे पल्तेको थियो । टिपर सडक भन्दा १ सय २० मिटर तल खसेको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: