कार पल्टीदा १ जनाको ज्यान गयो ४ घाईते

meropati

कपिलवस्तु, २३ मंसीर । कपिलवस्तुको वाणगंगामा कार पल्टीदा १ जनाको ज्यान गएकाे छ । वाणगंगा नगरपालिका वडा नं. ८ बोर्डगाउँ चोक नजिकै पश्चिमबाट आउदै गरेको बा ८ च ६३९० नम्बरको कार पल्टीदा ४ जना घाईते भएका छन् । ज्यान जानेमा कपिलवस्तु नगरपालिका ९ हरनामपुरका २८ बर्षिय सुरेश पाण्डे हुन् ।

कार तिब्र गतिमा रहेकोले विद्युत पोलमा ठक्कर खाई कार पल्टीएको प्रहरीको बताएकाे छ ।



पाण्डेले सो कार आफै चलाएको बुझिएको छ । साथै कार भने क्षतविक्षत अवस्थामा छ । अन्य घाईतेहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: