पाल्पा तिनाउमा खानेपानीको ट्यांकीमा एक किशोरको शव फेला

meropati

पाल्पा, २३ मंसिर । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका ६ मस्याममा आइतबार एक किशोर मृत फेला परेका छन् । स्थानीय १६ वर्षीय रवीन पुन खानेपानीको ट्यांकी भित्र मृत अवस्थामा फेला परेका छन् जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलका अनुसार ।

उनी आइतबार लगभक करिप मध्यान्न १२ बजे फेला परेका हुन् । गाउँमा पानीको धारामा पानी नआए पछि पानी खोल्ने कर्मचारी पुगेर हेर्ने क्रममा पुन मृत भेतिएको स्थनिय बासीको भनाई रहेको छ । शव देखे पछि गाउँलेलाई खबर गरेका थिए । त्यस पछि प्रहरीलाई खबर गरिएको थियो । खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा प्रहरीको टोलीले उद्धार गरिएको थियो ।



मृतक पुन बिहीबार घरबाट निस्किएका थिए । खानेपानीको ट्यांकी अर्थात् घट्नास्थल गाउँ भन्दा करिब एक किलोमिटर टाढा रहेको छ । घटना के कारणले घट्यो भन्ने बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले खबर खुराकलाई जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: