मुख्य समाचार

प्रहरीले विद्यार्थी माथि दमन गरेको भन्दै काठमाडौको चाबहिलमा प्रदर्शनी

बाँके,२३ मंसिर । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरु माथि दमन गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शनी गरेको छ । प्रदर्शनका सहभागीहरुले विद्यार्थी माथि प्रहरीले दमन गरेको भन्दै विरोध सहित नाराबाजी गरेका छन् । उनीहरुको गृहमन्त्री रामबहादुर थापाको समेत राजीनामा माग गरेका छन् ।

पशुपति क्याम्पसबाट सुरु गरिएको विरोध र्‍याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको थियो । कार्यक्रममा नेविसंघका नेता मनोज वैद्यले भने, ‘कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्नुप्रर्ने विद्यालय पोशाकमा रहेका विद्यार्थीहरु माथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्छ जस्ता माग राखेका थिए ।


advertisement

आइतबार बिहान ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर १० की प्रकृति चन्द गम्भीर घाइते भए पछि नेपालगञ्ज कोहलपुर सडक खण्डमा प्रदर्शनकारी र प्रहरी बीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरु सहित एक दर्जन भन्दा बढी घाइते भएका थिए ।

प्रदर्शनकारीको आक्रमणबाट इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमराज शाही सहित ९ प्रहरी पनि घाइते भएका थिए । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी चन्दलाई थप उपचारको लागी सेनाको हेलीकोप्टरबाट काठमाण्डौ को बीएण्डबी अस्पतालमा लगिएको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: