मुख्य समाचार

चितवनको रामनगरमा गाडीको ठक्करबाट प्रहरी जवानको ज्यान गयो

चितवन,२३ मंसिर । चितवनको भरतपुर महानगरपालिका १ रामनगरमा गाडीको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु भएको छ । धादिङको नीलकण्ठ नगरपालिका१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाको भनाई अनुसार आइतबार राति ११ बजे प्रहरी चौकी रामनगरबाट भरतपुर तर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।


advertisement

ठक्करबाट घाइते पाठकको भरतपुर अस्पतालमा उपचारका क्रममा आईतबार राति नै मृत्यु भएको हो । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चिवनले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: