Uncategorized

बक्सिङमा मिनुले जितिन् स्वर्ण

काठमाडौं ,२३ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको बक्सिङमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छिन्।

सातदोबाटोस्थित कराते हलमा सोमबार भएको फाइनलमा भारतीय खेलाडीलाई अंकको आधारमा पराजित गर्दै मिनुले स्वर्ण पदक जितेकी हुन्।


advertisement

उनले ५४ केजी तौल समूहको खेलमा स्वर्ण जितिन्।

आजै भएको ४८ केजी तौल समूहको फाइनलमा भारतीय खेलाडीसँग पराजित हुँदै नेपालकी ललिता महर्जन रजत पदकमै सीमित भएकी छिन्। ललिताले यसअघि श्रीलंकाकी नादिका पुष्प रनासिंघे अराचचिघेलाई अंकको आधारमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: