बाल बालिका माथि यौन शोषण गरेको आरोपमा एक विदेशी पक्राउ

meropati

काठमाडौ, २३ मंसिर । आर्थिक प्रलोभन देखाएर नेपाली बालबालिकामाथि यौन शोषण गरेको आरोपमा एक जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमेरिकी नागरिक राहदानी नं. ५६७४७२५३५ वाहक ४० वर्षीय ज्यासन ल्योयड मुडी छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको गेस्ट हाउसको कोठा नं. १०४ बाट पक्राउ गरिएको हो ।



ब्युरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेका अनुसार मेमोरियल गेस्ट हाउसको उक्त कोठाबाट ती बालिकाको उद्दार गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेका अमेरिकी नागरिक पेडो बाल यौन दुराचारी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: