अम्रिसो खेतीबाट करोड आम्दानी

meropati

पाल्पा, २३ मंसिर । पाल्पाका किसान अम्रिसो खेतीबाट मनग्य आम्दानी गरेका छन् । निस्दी गाउँपालिका–३ झिरुबासस्थित काउले डाँडामा व्यवसायीक अम्रिसो खेती गरेर करोड बढी आम्दानी गर्न सफल भएका हुन् ।

सिंगो डाँडामा अम्रिसो खेती लगाइएको छ । हेर्दा निकै सुन्दर दृष्य समेत देखिन्छ छ । यहाँ उत्पादन भएको अम्रिसो बिक्रीबाट वार्षिक एक करोड आम्दानी हुने गरेको कवुलियती वन कृषि सहकारी संस्थाका अध्यक्ष वीरबहादुर पाटाले जानकारी दिनुभयो । यहाँ घुम्न आउने पर्यटकबाट समेत वार्षिक एक लाखभन्दा बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।



२ सय २७ हेक्टर वन क्षेत्रमा अम्रिसो खेती गरिएको छ । १९ समुहमा बाँडिएका २ सय ५० घरधुरीका परिवार यहाँको अम्रिसो खेतीबाट लाभान्वीत भएको जिल्ला बन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले बताउनुभयो । कवुलियती वनको अवधारणाअनुरुप यहाँ अम्रिसो खेति गरिएको हो। डिभिजन वन कार्यालय पाल्पाको आर्थिक तथा भौतिक सहयोगमा कवुलियती वनको अवधारणाअनुरुप व्यवसायीक अम्रिसो खेती गरिएको उहाँले बताउनुभयो । प्रमुख पौडेलका अनुसार ४० वर्षका लागि स्थानीय समुहलाई यो वन हस्तान्तरण गरिएको छ । उनीहरुले आफै काम गर्छन् र यहाँबाट प्राप्त भएको आम्दानी आफै लिने गरेका छन् ।

हरियाली र वातावरणीय विकाससँगै यहाँ आन्तरिक पर्यटकको आगमनमा समेत वृद्धि भएको छ । इलामको चिया वगानजस्तै काउले डाँडालाई पाल्पाको अम्रिसो वगानको रुपमा विकास गर्नेगरी काम भइरहेको जिल्ला वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताउनुभयो । इलामको चिया वगान जस्तै पाल्पाको अम्रिसो बगान रहेछ सहलकोटस्थित बालहित माध्यमिक विद्यालयका शिक्षक पशुपती रेग्मीले बताउनुभयो । यहाँबाट हिमाल, पहाड र तराई देखिएको उहाँले बताउनुभयो ।

सडकको वगानमै पुगेको छ । त्यसैले यहाँ पुग्ने पर्यटकको संख्या वृद्धि हुँदै गएको हो । यहाँ आएका पर्यटकले ल्याएका मोटरसाइकल ५०, कार जीपले ८ सय र बसले १५ सय रुपयाँ तिनुपर्छ। यो रकम तिर्नुपर्छ । त्यसपछि सोही ठाउँमा वनभोज समेत खान पाउने व्यवस्था मिलाइन्छ ।

अम्रिसो प्रतिकिलो ५० देखि ९० रुपयाँसम्म विक्री भइरहेको छ । अम्रिसो नेपालका विभिन्न शहर र भारतमा समेत निर्यात हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: