मुख्य समाचार

नेपालमा भ्रष्टाचार विषयक अन्तक्रिया कार्यक्रम तानसेनमा सम्पन्न

पाल्पा, २३ मंसिर । राष्ट्रिय जनमुक्ति पाटीको आयोजनामा नेपालमा भ्रष्टाचार विषयक अन्तक्रिया कार्यक्रम पाल्पामा सम्पन्न भएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय महासचिव केशव सूर्यवंशीले भ्रष्टाचार विरुद्ध पाटीले सञ्चालन गरेका गतिविधिबारे जानकारी गराउनुभएको थियो । उहाँले भ्रष्टाचार अन्त्यको लागि संवैधानिक अधिकार सहितको कारबाही गर्ने निकाय स्थापना गर्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचन महङ्गो भएकोले पनि भ्रष्टाचार बढेको बताउनुभयो । कुनै हालतमा निर्वाचन जित्नुपर्छ भन्दै धेरै पैसा खर्च गर्ने होड चलेको छ उनले भने यसको अन्त्य नहुँदासम्म व्याप्त भ्रष्टाचार अन्त्य हुन सक्दैन्।


advertisement

कार्यक्रममा जनमुक्ति पाटीका केन्द्रीय उपमहासचिव टोप अस्लामीले भ्रष्टाचार विरुद्ध सरकारले कडा कदम चाल्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समयमा भ्रष्टाचार निकै बढ्दै गएको छ उहाँले भन्नुभयो सरकारले आवश्यक कारबाही गर्न सकिरहेको छैन। त्यसैले दवाव स्वरुप अभियाननै सञ्चालन गरेका छौं।

कार्यक्रममा संविधान सभाका सदस्य नारायणी शर्मा घिमिरे, जनमुक्ति पाटी निकट राष्ट्रिय दलित संगठनका केन्द्रीय उप संयोजक हरीओम विक, नेपाली काँग्रेसका माधव नेपाल, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवि पोखरेल, वुद्धिजीवि निर्मल श्रेष्ठ, राजेश्वर उदय लगायतले जनता सचेत भएर खबरदारी नगर्दासम्म भ्रष्टाचारको अन्त्य नहुने बताउनुभयो ।

केन्द्रीय उपमहासचिव तथा जनमुक्ति एकाडेमी प्रमुख टोप अस्लामीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, नागरिक समाज, वुद्धिजीवि, उद्योगी व्यवसायी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले भ्रष्टाचारको अन्त्य नहुँदासम्म विकास नहुने बताएका थिए ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: