मुख्य समाचार

प्रहरीद्वारा विद्यार्थीलाई शैक्षीक सामग्री वितरण

पाल्पा, २३ मंसिर ।  जिल्ला प्रहरी कार्यालय पाल्पाले सोमबार विद्यार्थीलाई शैक्षीक सामग्री वितरण गरेको छ । पूर्वखोला गाउँपालिका–१ तामाखानीस्थित अकला आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षीक सामग्री वितरण गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ पंगेनीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले शैक्षीक सामग्री वितरण गर्नुभएको हो । कक्षा १ देखि कक्षा ८ सम्मका ४३ जना विद्यार्थीलाई कापी, कलम, पेन्सील, कटर र इरेजर प्रदान गरिएको छ ।


advertisement

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ निवासी सुरक्षाकर्मी तथा समाजसेवी दीपक थापाको सहयोगमा शैक्षीक सामग्री वितरण गरिएको हो ।

सोही अवसरमा सामाजिक अपराध, लागु औषध दुव्र्यसनी लगायतका बारेमा सहजीकरण समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: