आमा–छोरीको शव फेला, हत्याको आशंका

meropati

पर्सा ,२४ मंसिर । वीरगञ्ज महानगरपालिका वडा नं। १२ शिवनगर नयाँ टोलमा सडेको अवस्थामा आमा–छोरीको शव फेला परेको छ । मोहन झाको घरमा डेरा गरेर बस्दै आएका बारा कलैया उपमहानगरपालिका वडा नं। २६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया श्रीमती र अढाई वर्षकी छोरी मृत भेटिएका हुन् ।

आमा–छोरी दुवैको शव कुहिएको अवस्थामा फेला परेको छ । घरमा दुर्गन्ध फैलिए पछि घरबेटी झाले वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए । प्रहरी निरीक्षक चक्रबहादुर मल्ल नेतृत्वको टोलीले ढोकाको ताल्चा फुटाएर हेर्दा कुहिएको अवस्थामा शव भेटिएको थियो ।शव कपडाले बेरेर राखिएको थियो ।



घटना स्थलको प्रकृति हेर्दा केही दिन पहिले नै हत्या गरेर छाडेको जस्तो देखिएको प्रहरीले जनाएको छ । पेन्टिङको काम गर्दै आएका पवन भने फरार छन् । घटनास्थलको मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: