मुख्य समाचार

बिष सेवन गरी आत्महत्या प्रयास

विराटनगर, २३ मंसिर । विराटनगर महानगरपालिकाको एक वडा अध्यक्षले आत्महत्या प्रयास गरेका छन् । विराटनगर महानगरपालिका ६ नम्बर वडा अध्यक्ष बिजय कामतले बिष सेवन गरी आत्महत्या प्रयास गरेका हुन् । आइतबार साँझ विष सेवन गरेका कामतको विराट नर्सिङहोममा उपचार भइरहेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

अस्पताल स्रोतका अनुसार कामतको अवस्था गम्भीर छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ । कामतले किरा मार्ने औषधि सेवन गरेको बताइएको छ । कामत तत्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।जनप्रतिनिधिले आत्म हत्या प्रयास गरेको सूचना प्रहरीमा पनि पुगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार वडा अध्यक्षले आत्महत्या प्रयास गरेको मौखिक जानकारी पाएको बताए ।


advertisement

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: