मुख्य समाचार

दशरथ रंगशालाको गेट बाहिर लाठी चार्ज, पत्रकार घाइते

काठमाण्डाै ,२४ मंसिर ।१३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत मंगलबार फुटबलको फाइनल र समापन हुँदै छ ।

फुटबलको फाइनलमा नेपाल र भुटानबीचको खेल हुँदै छ । जसका कारण पनि नेपाली दर्शकहरु फुटबल हेर्नका लागि रंगशाला प्रवेश गर्न आतुर छन् ।


advertisement

इसेवा मार्फत टिकट विक्री खुला गरिएको २ घण्टामै ९ हजार टिकट बिक्री भएका थिए । टिकट नपाएका समर्थकहरुले दशरथ रंगशालाकाे गेट बाहिर नारावाजी गरेका छन् ।

जसका कारण सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गर्दा केही घाइते पनि भएका छन् । सुरक्षाकर्मीले लाठी चार्ज गर्दा फोटो खिचिरहेका नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई चोट लागेको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: