काउली : बेफाइदा पनि छन्

meropati

जाडो मौसम प्रारम्भ हुने बित्तिकैदेखि बजारमा हरेकतर्फ हरिया साग-सब्जीहरु देखिन थाल्छन् । यद्यपि, ती मध्ये एउटा तरकारी जुन अधिकांशलाई मनपर्छ ।  त्यो हो काउली अर्थात् फूल कोभी ।

काउलीको तरकारी प्रायः सबैलाई उत्तिकै पि्रय लाग्छ । तरकारीमात्र होइन काउलीको पराठा तथा पकौडा पनि निकै मन पराइन्छ । काउलीको सेवन स्वास्थको दृष्टिकोणले निकै नै फाइदाजनक छ । किनभने काउलीमा भिटामिन, क्याल्सियम, प्रोटिन, पोटासियम, कार्बोहाइड्रेट, आइरल, मिनरल्स, एन्डिअक्सिडेन्ट, फाइटोन्यूट्रियन्ट्स, फ्लेवोनोइड्स, फाइटोन्यूटि्रयन्स आदि भरपूर मात्रामा पाइन्छ । यी सबै तत्वहरु हाम्रो शरीरको लागि अति नै फाइदाजनक हुन्छन् । यो तरकारीले हामीलाई धेरै प्रकारका स्वास्थ्य समस्याहरुबाट जोगाउने गर्छ । जस्तै एनिमिया, मेनोपोज, स्कर्बी, ब्रेस्ट क्यान्सर, मुटुरोग आदि । यसबाहेक काउलीको सेवनले शरीरको तौल घटाउन समेत सहयोग पुग्छ ।



थाइराइडका बिमारी

थाइराइड दुई प्रकारको हुन्छ-हाइपो थाइराइड तथा हाइपर थाइराइड । हाइपो थाइराइडमा थाइराइड ग्ल्याण्ड एक्टिभ हुन सक्दैन । जसबाट शरीरमा टि थ्री, टि फोर हार्मोन पुग्न सक्दैन । चिकित्सकहरुका अनुसार हाइपो थाइराइडबाट पीडित महिलाहरुले काउली खानबाट बच्नुपर्छ । किनभने यसमा गाइट्रोगन नामक तत्व पाइन्छ । जुन थाइराइड ग्ल्याण्डको कामलाई बाधा उत्पन्न गराउँछ ।

ग्याष्ट्रिकबाट पीडित महिलाहरु

डाइटिसियनहरुका अनुसार काउलीमा त्यस्ता पोषक तत्वहरु पाइन्छन् जसले पाचन प्रणालीलाई नै समस्या पैदा गरिदिन सक्छ । त्यसैले काउली भनेको ग्याष्ट्रिकका लागि समस्या हो । त्यसैले ग्यास्टि्रकबाट पीडित व्यक्तिहरुले काउलीको सेवन गर्नबाट बच्नुपर्छ । यसबाहेक शिशुलाई दुध खुवाइरहेका आमाहरुले पनि काउली सेवन गर्नुहुँदैन । उनीहरुलाई पनि ग्याष्ट्रिकको समस्याले सताउन सक्छ । यसबाहेक जो महिलाहरुलाई अर्थराइटीसको समस्या हुन्छ । उनीहरुले पनि काउली खानबाट बच्नुपर्छ । किनभने काउलीले पेटमा ग्यास बढाउँछ र त्यसले हड्डीहरुमा पीडा हुन थाल्छ ।

ब्लड क्लटिङको समस्या

यसबाहेक काउलीमा भिटामिन-के अत्यधिक मात्रामा पाइन्छ । भिटामिन- के ले शरीरको ब्लड कटिङमा सहयोग पुर्‍याउँछ । यदि मानिसको शरीरमा यो भिटामिनको कमी भयो भने शरीरको भित्री अंगहरुमा आन्तरिक ब्लिडिङ हुनसक्छ । जुन निकै खतरनाक हुनसक्छ । त्यसैले रगतलाई गाढा बनाउनेका औषधि सेवन गरिरहेका महिलाहरुले पनि काउलीको सेवन गर्नबाट बच्नुपर्छ ।

काउलीको स्वाद अधिकांशलाई मनपर्छ भन्ने कुरामा त अब द्विविधा नै नरहला । साथै यो स्वास्थका लागि धेरै नै फाइदाजनक पनि छ । यद्यपि, हरेक कुराको सकारात्मक तथा नकारात्मक पक्ष हुन्छ भनेजस्तै काउलीको पनि दुबै पक्ष देख्न सकिन्छ । त्यसैले यदि तपाईं पनि माथि उल्लेख गरिएकामध्ये कुनै समस्याबाट पीडित हुनुहुन्छ भने काउलीको सेवनबाट बच्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: