मुख्य समाचार

स्कुल बस दुर्घटना १० विद्यार्थी घाइते

मधेस,२४ मंसिर । धनुषाको गनेशमान चारनाथ नगरपालिका ३ को जुरि भन्ने ठाउँमा नव शान्ति विद्या आश्रम सेकेन्डरी बोडिङ स्कुलको बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन ।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। धनुषाको बरमझियाबाट विद्यार्थी लिएर बिरेन्द्रबजार जादै गरेको ना १ क ९२४९ नम्बरको स्कुलको बस दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका विद्यार्थीहरु सरोज कु यादव ,सुकेश मुखिया,राज मुखिया ,रोहित कु यादवको उपचार जनकपुरको जानकी हेल्थ केयर सेन्टरमा भैरहेको छ।भने गम्भीर घाइते मध्ये स्नेहा कुमारी यादव र प्रीयन्स कुमार यादवको मिहिलाल इन्टरनेशनल होस्पितमा उपचार हुदै छ । त्यसै गरी अम्बिका यादव र मनिषा यादवको समर होस्पिटल गोदारबाट थप उपचारको लागी विराटनगर पठाएको छ ।


advertisement

उनि दुइ जनाको अवस्था चिन्ताजनक रहेको स्थानीय समाजसेवी रामभरोस यादवले जानकारी दिएको छ। यादवले भने दुइ जनालाई विद्यार्थीलाई समानिय चोट पटक लागेको थियो ।ति दुइजनालाई समर होस्पिटल गोदारमा उपचार गरेर घर पठाएको छ । उक्त बसमा ३० जना विद्यार्थी बोकेर विद्यालय तर्फ जादै गरेको अवस्थामा आज विहान १० बजे दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: