मनाेरञ्जन

बजारमा सिक्री गलामाले चर्चा कमाउदै

बुटवल , २४ मंसिर । मंसिरको महिना लागे संगै यो बर्ष बजारमा पञ्चेबाजाका गितहरुले टहल्का पिटिरहेका छन् । नेपाली लोक गित संगित भन्ने बित्तिकैै हुरुक्कै हुने हामी बन जङ्गल पानी पधेरो जादा हाम्रो मुखमा एउटा न एउटा गित संगित मुखबाट निष्कन पुग्छ बालक देखी बृद्धा सम्म हामी सबैले नेपाली लोक संगित गुनगुनाउने गर्छौ यसै सन्दर्भमा कुरा गरौ एउटा पन्चे बाजामा आधारीत गितको हामी सबैको मन मुतुमा बस्न सफल सुमधुर स्वरकी धनी  रितु थापा मगर अहिले पन्चे बाजामा आधारीत  सिक्री गलामा गिती एल्बोम बजारमा लिएर आएकी छिन ।

गितमा लोक प्रिय गायक बिष्णु खत्री र रितु थापा मगरको स्वर रहेको छ यो गितले छोटो समयमा नै चर्चा कमाउदै छ । यो समाचार तयार प्रर्दा सम्म युटुबमा १६६,२३५ जनाले हेरिसकेका छन् । गएको नोभेम्बर १८  अर्थात कार्तिक १ गते शुक्रबार रितु थापा मगरको आफनै युटुब च्यानलबाट सार्वजनिक भएको  सिक्री गलामालाई दर्शकले निकै रुचाएका छन् । गीतमा लोक प्रिय गायक बिष्णु खत्रीको लय शब्द रहेको छ ।


advertisement

आशिष अबिरलको संगीत संयोजन रहेको गीतको भिडियोलाई HBN किस्मतले अडियो मिक्सिङ्ग गरेका छन् । गीतको म्यूजिक भिडियोमा गायिका रितु थापा मगर महेन्द्र गौतम मनोज भण्डारी र पदम थापाको अभिनय रहेको छ ।  राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् भने भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् । भिडियोको दृष्य निमार्ण साई भिजन प्रा.ली.ले गरेको हो ।

गितको भिडियो

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: