बाग्लुङको बडिगाडमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

meropati

बाग्लुङ, २५ मंसिर । समानताको पुस्ता स् बलात्कार विरुद्ध एक्यवद्धता’ भन्ने मुल नाराका साथ बडिगाड गाउँपालिाकाले सचेतना तथा अन्र्तक्रिया कार्यक्रम गरी २९ औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाएको छ । हरेक नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ ।

बडिगाड गाउँपालिका गाउँकार्यपालिकाको आयोजना तथा सु–आहारा कार्यक्रमको समन्वयमा अभियानको अन्तिम दिन मंगलबार गाउँपालिका कार्यालय खार बजारमा दिवस मनाइएको हो । कार्यक्रमको उद्घाटन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले महिला विरुद्ध हुने गरेका सबै खाले हिंसा अन्त्य गरी स्वस्थ समाज निर्माणका लागि शहरदेखि ग्रामीण बस्तीसम्म जनचेतना फैलाउन आवश्यक रहेको बताए । त्यसका लागि विद्यार्थी, शिक्षकहरुको महत्वपुर्ण भुमिका रहने बताए ।



अध्यक्ष पाइजाले महिला अधिकारका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई संस्थागत गरी व्यवहारमा कार्यान्वयन पर्नमा जोड दिए । पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले खार माविमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु सहित विद्यालयबाट बजार परिक्रमा गरी गाउँकार्यपालिकाको कार्यलयमा पुगी औपचारिक कार्यक्रम गरिएको थियो ।

कार्यक्रम महिला तथा बालबालिका शसक्तिकरण केन्द्रका अध्यक्ष बिना थापाको अध्यक्षता, सचिव मायाँ केसीको स्वागत र कार्यपालिका सदस्य मिना कुमारी रायमाझीको संञ्चालनमा सम्पन्न भएको थियो । त्यसै गरी बडिगाड गाउँपालिका वडा नम्बर ७ मा पनि लैङ्गिक हिंसा विरुद्धको अभियान सम्बिन्धी कार्यक्रम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: