प्युठानका सडक कार्यालय प्रमुख घुस सहित अख्तियारको फन्दामा परे

meropati

काठमाडौ २४ मंसिर । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदा लिँदै पक्राउ परेका छन् ।

काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदा लिँदै करिब २० लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।



अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार रनिङ बिल भुक्तानी गरिदिने भनेर उनीहरुले २० लाख रुपैयाँ घुस लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: