४ दिनदेखि मृतकको शव उठेन :लुम्बिनी प्रादेशिक अस्पतालमा तनाव

meropati

बुटवल, २४ मंसिर । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले नारबाजी गर्न थालेपछि अस्पतालमा तनाव उत्पन्न भएको छ ।

मृतकका आफन्त र अस्पताल प्रशासनबीच मध्यान्ह १२ बजे देखि वार्ता भए पनि कुनै निष्कर्ष निस्कन नसकेपछि मृतकका आफन्तहरु आक्रोसित भएका छन् । अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएकाले घटनाको छानबिन गरी दोषि उपर कारबाही गर्नुपर्ने, मृतकका परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ती दिनुपर्ने र उपचार खर्च मिनाह गर्नुपर्ने माग राख्दै उनिहरुले माग पुरा नभए सम्म सव नउठाउने अडान लिएका छन् ।



मृतकको सव नउठाएर बिगत तीन दिन देखि अस्पतालमा धर्ना दिदै आएका मृतकका आफन्तहरुले अस्पताल प्रशासनले माग पूरा गर्न आलटाल गरेर भुलाउन खोजेको भन्दै आक्रोसित बनेका हुन् । आक्रोसित पिडितका आफन्तहरुले अहिले अस्पताल प्रशासनको गेटमा लात्तिले हान्नुका साथै नाराबाजी समेत गरेका छन् ।

अस्पतालमा आफन्तहरुको भिड बढेपछि अस्पतालमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । मंसिर १८ गते ज्वरो आएर उपचारका लागि लुीमबनी प्रादेशिक अस्पतालमा भर्ना एकी रुपन्देहीको कञ्चन गाँउपालिका वडा नंबर ४ अस्नैयाका पदम थापाकी १५ बर्षिया छोरी माया थापाको उपचारका क्रममा सनिबार साँझ मृत्यु भएको थियो ।

४ दिन सम्म बिरामीको रोग पत्ता नलगाई उपचारमा लापरबाही र ढिलाई गरेको, अस्पतालकै लापरबाहीका कारण अस्पतालमा सयौ बिरामीको मृत्यु हुने गरेको र ४ दिन सम्म रोग पत्ता लाग्न नसकेपछि पनि उपचारमा गम्भिरता नदेखाउनुका साथै थप उपचारका लागि अन्य अस्पतालमा रिफर नगरेको भन्दै मृतकका आफन्तहरु अक्रोसित बनेका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले भने लापरबाही नभएको बताउदै अस्पताल ल्याउदा नै बालिकाको अवस्था गम्भिर रहेको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: