बलात्कार गरेको आरोपमा वडा वडाध्यक्ष पक्राउ

meropati

सप्तरी, २५ मंसिर । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्षलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ ।शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लक्ष्मी साहलाई स्थानीय एक जना महिलालाई बालत्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो ।

साहलाई प्रहरीको विशेष टोलीले बुधबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । स्थानीय एक जना महिलाले आफूलाई जबजस्ती करणीको प्रयास गरेको भन्दै उजुरी दिएपछि वडाअध्यक्षलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।



घटनाको आवश्यक अनुसन्धान कार्य भैरहेको तथा पक्राउ परेका वडाध्यक्षलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको डीएसपी एवं प्रवक्ता तिलक भारतीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: