आफूलाई दिने भनिएको अवार्ड रणवीरलाई दि एपछि कार्यक्रम बीचमै छोडे शाहिदले

meropati

बलिउड अभिनेता शाहिद कपूरले  आफूलाई दिने भनिएको अवार्ड रणवीर सिंहलाई दिए पछि कार्यक्रम बीचमै छोडेका छन्  उनलाई उत्कृष्ट अभिनेताको अवार्ड दिने पक्का गरिएको थियो ।

एक अवार्ड कार्यक्रममा उनको फिल्म ‘कबीर सिंह’ ले अवार्ड पाउने तय भएको भए पनि अन्तिम सयममा ‘गली ब्वाई’ बाट रणवीर सिंहलाई अवार्ड दिइएको थियो ।



शाहिद कपूरले अवार्ड पाउने निश्चित भएको र उनले उक्त कार्यक्रममा आफ्नो प्रस्तुती पनि दिने तयारीमा थिए । त्यसको लागि उनी तयारी पनि गरिरहेका थिए । तर, अन्तिम समयमा अवार्ड रणवीर सिंहलाई दिएपछि उनी रिसाएर प्रस्तुती समेत नदिई कार्यक्रम छोडेर गएको भारतीय सञ्चार माध्इममा उल्लेख गरिएको छ ।

उनी अभिनित फिल्म ‘कबीर सिंह’ यो वर्ष बक्स अफिसमा निकै राम्रो कलेक्शन गरेको थियो । फिल्मको जम्मा कमाई २८० करोड भारु छ भने यस फिल्मले दर्शकको मन पनि उत्तिकै जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: