मुख्य समाचार

टिपर दुर्घटनामा २ जनाको मृत्यु २ घाईते

सिमकोट, २६ मङ्सिर । हिल्सा देखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको छ ।

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्यु भएको र दुई जना दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताए ।


advertisement

दुर्घटनास्थलमा प्रहरी टोली पुगिसकेकाले मृत्यु हुनेको र घाइते सहित चालकको नाम सोधपुछ गर्ने काम भइरहेको उनले जानकारी दिए । उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटनामा परेको आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: