शाकाहारी र मांसाहारीहरुको झ्यासम्यासे यो काठमाडौंमा मांसाहारीहरुको तुलनामा अवश्य पनि शाकाहारीहरुले धेरै पीडा भोग्नुपर्ने हुन्छ । शाकाहारीहरुको पनि विभिन्न प्रकार हुने गर्छ । कोही अण्डा खाने शाकाहारी हुन्छन् । कोही माछासम्म पनि खाने खालका शाकाहारी हुन्छन् । कोही माछा मासु र अण्डा समेत नखाने शाकाहारी हुन्छन् भने कोही दूध समेत नखाने शाकाहारी समेत पाइन्छ । को कस्तो किसिमका शाकाहारी हुन्छन् ? भन्ने कुरा फेरि अर्काे पाटो हुनसक्छ । तर, यी मध्ये पछिल्लो दुई किसिमको शाकाहारीहरुको लागि यो शहरको व्यवहार धेरै पीडादायी हुने गर्छ । ती समस्याहरुलाई सूचीबद्ध यसरी गर्न सकिन्छ ।
पशुहरुको मायाको कारण मासु छाडेकाहरुले सिधै त्यही कारण बताउन सक्दैनन् । त्यसकारण उनीहरु त्यसरी सोधिएका प्रश्नको गोलमटोल उत्तर दिने गर्छन् । त्यसैबाट नयाँ प्रश्नहरु जन्मिन्छ । त्यसैले मैले मासु खाँदिन सँगै यावत धर्मशास्त्र र दर्शनको पाठ सिकाउनु पर्ने बाध्यता शाकाहारीहरुलाई हुन्छ । त्यसैले शाकाहारीहरुले स्वास्थ्यको कारण मासु छाडेको भनेर बनावटी छोटो उत्तरमा नै यसको बिट मार्ने गर्छन् ।
हिन्दु धर्म होस् या त बौद्ध धर्मले पनि मासु खान र नखाने बारेमा स्पष्ट रुपमा केही पनि भनेको छैन । हिन्दु धर्ममा बलिको व्यवस्था छ । जीवको बलि नहुँदा त्यसको विकल्पको पनि कुरा छ । त्यसैले पनि यो धर्म समग्रमा भन्दा लचिलो छ । बौद्ध धर्ममा पनि मासु खाने र नखाने विषयमा स्पष्ट उल्लेख गरिएको छैन । भगवान बुद्धले आत्माले चाहेको कुरा त्याग गर्न हुँदैन भनेका छन् भने हिंसा गर्नु हुँदैन पनि भनेका छन् । त्यसैले धार्मिक कारण बताउनेहरुको लागि पनि नाजवाफ फर्किन सक्ने अवस्था छैन । त्यसैले शाकाहारीहरुले अनेकथरीका मनोवैज्ञानिक दबाबहरु भोग्नुपर्ने हुन्छ ।
व्यवहारिक झण्झट
शाकाहारीहरुलाई मम, चाउमिन जस्ता खाजाहरु खानुपर्यो भने काठमाडौंमा सीमित मात्रै ठाउँहरु पाउन सकिन्छ । धेरै ब्राण्डेड ठाउँहरुमा शाकाहारीहरुको लागि यस्ता खाजाहरु पाउनै मुस्किल छ । पार्टीमा गयो भने शाकाहारी र मांसाहार खाना पहिचान गर्न त्यस्तै गाह्रो हुन्छ । यसरी शाकाहारीहरुले व्यवहारिक रुपमा पनि धेरै पीडा भोग्नुपर्ने हुन्छ ।
पौष्टिकताको झण्झट
मासुबाट पाउने पौष्टिकता पूर्ति गर्नको लागि हामीले विभिन्न किसिमका पौष्टिक खानाहरुको जोहो गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा मासु एउटैबाट पाउने पौष्टिकताको लागि पनि धेरै खानेकुराहरु खानुपर्ने बाध्यता पनि शाकाहारीहरुले भोग्नुपर्छ ।
शाकाहारी खानाका फाइदाहरु
विभिन्न विषयमा यसको नोक्सानी भएपनि यसका फाइदाहरु समेत यावत पाउन सकिन्छ । शाकाहारी खाना खानेहरुमा नियमित खानामा अलिकति मात्रै ध्यान दिँदा पनि यसले स्वास्थ्यमा आउने नकारात्मक असरहरुलाई धेरै हदसम्म कम गर्ने चिकित्सकहरु बताउँछन् । त्यसका साथै शाकाहारहरुको शरीर पनि मांसाहार मानिसको भन्दा धेरै हलुका र फूर्तिलो हुन्छ । यो शाकाहारी हुँदाको फाइदा हो ।
धार्मिक मान्यतालाई मान्ने हो भने शाकाहार मानिसहरुमा विशेषगरी सात्विक गुण बढी हुने गर्छ । जसका कारण ती मानिसहरुको व्यवहार लचिलो र नरम हुने गरेको समेत विभिन्न अध्ययनहरुले देखाएको छ ।
शाकाहारी भोजनले पातनप्रक्रियालाई अपडेट राख्ने गर्छ । यसले मस्तिस्कलाई सचेत राख्दै यसले मानिसलाई बुद्धिमान बनाउन समेत मद्धत गर्छ । शाकाहारीहरुमा प्रोटिन कार्बाेहाइड्रेड र चिल्लो पदार्थका साथ साथ अरु पनि आवश्यक तत्वहरु पाउने गरिन्छ । जसमा भिटामिन, एन्टिअक्सिडेन्ट, अमिनो जस्ता तत्वहरु धेरै पाइन्छ । जसका कारण क्यान्सर जस्ता रोगहरुबाट बचाउन मद्दत गर्छ । शाकाहारी भोजनमा पाइने फाइबर समेत अधिक मात्रामा हुने गर्छ ।
Good way of explaining, and nice article to obtain information regarding my presentation focus, which
i am going to convey in institution of higher education.
I like the valuable information you provide in your articles.
I will bookmark your blog and check again here frequently.
I am quite certain I will learn lots of new stuff right here!
Best of luck for the next!
Hi there, I enjoy reading through your article post.
I like to write a little comment to support you.
At this moment I am ready to do my breakfast, later than having my breakfast coming again to read
other news.