हिमपातले हिमाली भेगको हवाई सेवा अवरुद्ध

meropati

उच्च पहाडी तथा हिमाली भेगमा परेको हिमपातले पश्चिम नेपालमा हवाई सेवा अवरुद्ध भएको छ । पश्चिम नेपालका हिमाली भेगका विमानस्थलमा नेपालगञ्ज हव बनाएर उडान हुने गरेको छ । नेपालगन्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरका अनुसार शुक्रबार बिहान डोल्पामा समिट एयरको जहाज पुगेको थियो ।

त्यो जहाज नेपालगञ्ज फर्कन सकेको छैन । सिमिकोट र रारामा बिहीबारदेखि नै हवाई सेवा अवरुद्ध भएको छ । ‘हिमाली भेगमा हिमपात र हुस्सुका कारण हवाई सेवा अवरुद्ध भएको छ,’ उनले भने, ‘मौसम खुल्नासाथ सेवा पुनः सञ्चालनमा आउँछ । नेपालगञ्ज तथा धनगढीमा काठमाडौंबाट हुने उडान भने नियमित भइरहेका छन् ।



काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट हुने उडान–अवतरण भने पूर्ववत सञ्चालनमा रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: