बाग्लुङको गल्कोटमा राजाको पुल मोटरेवल पुल निर्माण तिब्र गतिमा चल्दै

meropati

घनश्याम गौतम गल्कोट २६ मंसिर । गलकोट नगरपालिका वडा नम्वर ६ मजुवा र वडा नम्वर ५ को बसाहफाँट जोड्ने राजाको पुल रहेको स्थानमा मोटरेवल पुल निर्माण कार्यले तिब्रता पाएको छ । गत माघबाट सुरु भएको उत्त मोटरेवल पुल निर्माणलाई तिब्रता दिएको निर्माण कम्पनी जयबाबा गोरखओखलढुङ्गा ईन्जीनियरिङ जेबीले जनाएको छ ।

जयबाबा गोरख ओखलढुङ्गा ईन्जीनियरिङ जेबी पोखराले उक्त पुल बनाउनको लागी कर बाहेक ५ करोड १९ लाखको लागतमा उत्त पुल निर्माण गर्ने जिम्मा लिएको हो । उत्त पुलको निर्माण सम्झौता भएको १८ महिना २०७७ सालको असार अगाबै सक्ने गरि सम्झोैता भएको निर्माण कम्पनिका सञ्चालक डम्मर बहादुर तामाङ डिबिले जनाकारि दिनुभयो ।



निर्माण कम्पनिले गत आर्थिक बर्षकोे अन्त्य सम्म दबै तर्फको फाउण्डेशन निर्माण गरि सकेको थियो । गत कार्तिक महिनाबाट सतह ढलानको लागी खोलामा हिमपाईपको ब्यबस्थापन गरि फाण्डेशनको सेट ब्यबस्थापनको काम भैरहेको छ ।

दरम खोलाको दुबै तर्फ खोलालाई ब्यबस्थापन गर्न खोला किनारमा जाली भरि ब्यबस्थीत गर्ने काम समेत तिब्र गतिमा भैरहेको सञ्चालक तामाङको भनाई छ । केही दिनमै उत्त ठाउँबाट सञ्चालनमा रहेको अस्थाई सडक बन्द गरि सतह ढलानको लागी सटिङको काम सुरु गरिने उहाँको भनाई थियो ।

गौधि खोलाको मोटरेबल पुल निर्माणलाई समेत तिब्र गतिमा भैरहेकोले आगामी आर्थिक बर्ष अगाबै २ ओटा पुल निर्माण सम्पन्न भएसगैं गलकोटबाट ताराखोला गाउँपालिका हुदै म्याग्दी रुम सम्मको कृषि सडक बर्षातको समयमा समेत सञ्चालन हुने अपेक्षा स्थानियको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: