धनुषा बम विस्फाेटः मृत्यु हुनेकाे संख्या तीन पुग्यो, घाइते इन्सपेक्टरको पनि गयो ज्यान

meropati

धनुषा, २८ मंसिर । धनुषाको छिरेश्वर नगरपालिका-५, महेन्द्रनगर बजारमा बम विस्फाेटमा ज्यान गुमाउनेकाे संख्या तीन पुगेकाे छ ।

शुक्रबार मध्यरातमा भएको विस्फाेटमा महेन्द्रनगरका राजेश्वर साह र उहाँका छोरा आनन्द साहको ज्यान गएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर खनालले जानकारी दिनुभयो ।



घर नजिकै राखिएको बम विस्फाेट हुँदा राजेश्वरका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि घाइते भएका छन् । उनीहरुको धरानमा उपचार भइरहेको छ । विष्फोटमा प्रहरी निरीक्षक अमिर दाहाल, प्रहरी जवान रिजन महतो र अरु दुई जना पनि घाइते भएको डीएसपी खनालले जानकारी दिनुभयो ।

विस्फाेटमा घाइते भएका ६ जनामध्ये प्रहरी निरीक्षक अमिर दाहालको शनिबार बिहान उपचारको क्रममा धरानमा ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार मध्यरातमा भएको विस्फाेटमा छिरेश्वर बजारका राजेश्वर साह र उहाँका छोरा आनन्द साहको ज्यान गएको थियो ।

अन्य ५ जना घाइतेहरुकाे उचपार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: