चर्चित कलाकार दिपक क्षेत्रीको दुखद निधन

meropati

काठमाडौं,२८ मंसिर ।  चर्चित कलाकार दिपक क्षेत्रीको नि’धन भएको छ । क्षेत्री लामो समयदेखी घाँटीको क्यान्सरबाट पिडित थिए । पिडित क्षेत्रीलाई नेपाली कलाकार पत्रकार तथा दीपकका फ्यानहरुले सहयोग गरेर क्यान्सरको उपचार गराएका थिए ।

तर आज उनको अचानक नि’धन भएको खबरले नेपाली फिल्म क्षेत्र स्तब्ध बनेको छ । क्षेत्रीको श’व आज टिचिङ हस्पिटलमा राखिएको छ ।उनको श्रीमती मलेसियामा रहेकाले आइतबार नेपाल आएपछी मात्र कलाकार अन्तिम संस्कार गरिने बताइएको छ । उनले धेरै नेपाली फिल्ममा सफल अभिनय गरेका छन् ।



कलाकार क्षेत्रीको निधनको खबर पुष्टि गर्दै कलाकार उत्तम केसीले भने- ‘शुक्रबार साँझ एक फिल्मको स्वरांकन सकेपछि उहाँ (दीपक क्षेत्री) डिल्लीबजारमा रहेको घरमा आफ्नो कोठाको चुक्कुल लगाएर सुत्नु भएको रहेछ । शनिबार बिहान उहाँको छोराले धेरै प्रयास गर्दा पनि कोठा नखुलेपछि प्रहरीलाई बोलाएर ढोका फोडेर हेर्दा उहाँलाई मृ त्य अवस्थामा भेटिएको थियो ।’

उनले केही घण्टामा अस्पतालबाट पोस्टमार्टमको रिपोर्ट प्राप्त भएपछि कलाकार दीपक क्षेत्रीको निधन हुनुको कारण खुल्ने बताए । गएको वर्ष स्वर नलीमा मासु पलाएका कारण स्वर गुमाएका कलाकार क्षेत्रीको केही समय अगाडि शल्यक्रिया गरिएको थियो । त्यसयता उनी स्वास्थ्य थिए । उनी पछिल्लो पटक यस वर्षको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए ।

दर्जनौं नेपाली फिल्ममा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार दीपक क्षेत्रीले सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनले ‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका फिल्ममा अभिनय गरेका छन् । हरेक फिल्ममा उनको अभिनयको निकै प्रशंसा हुने गर्दथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: