स्याङबोचेमा हिउँ : चौँरीलाई सास्ती

meropati

सोलुखुम्बु,२९ मंसिर । सोलुुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिकाको स्याङ्बोचेमा बाक्लो हिउँ जमेका कारण चौँरीलाई सास्ती भएको छ ।शुक्रबारदखि परेको हिउँ जम्दा चौँरीगाईलाई खाना तथा पानी दिन समेत समस्या भएको याक विकास फार्म स्याङबोचेका निमित्त फार्म प्रबन्धक ललन यादवले बताउनुभयो ।



माथिल्लो गोठ भएका ठाउँमा हिउँ धेरै परेकोले अहिले स्याङ्बोचेमा रहेको मुख्य कार्यालयसँगै रहेको गोठमा ल्याइएको र त्यहाँ पनि बाक्लो हिउँ पर्दा समस्या भएको हो । बाक्लो हिउँ जमेपछि हिमाली क्षेत्रमा रहेका चौँरी गोठमा रहेका चौरी तथा गोठालाहरुलाई समस्या पर्ने गरेको छ । याक विकास फार्म नाम्चेमा अहिले ठूला साना गरी १३० वटा नाक तथा याक रहेका छन् ।

चिप्लेटी खेल्नेलाई मस्ती !

बाक्लो हिउँ जमेपछि स्याङ्बोचे विमानस्थल तथा आसपासमा चिप्लेटी खेल्नेहरुको घुइँचो लागेको छ ।विदेशी पर्यटक तथा स्थानीय बासिन्दा हिउँमा चिप्लेटी खेलेर रमाएका यादवले बताउनुभयो ।

हिउँ परेपछि नाम्चे तथा आसपासमा रहेका विदेशी पर्यटकहरु हिउँमा रमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: