मुख्य समाचार

सिन्धुपाल्चोकमा बस दुर्घटना १२ जनाको ज्यान गयो

सिन्धुपाल्चाेक,२९ मंसिर । दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाकाे ६ किलोमा आइतबार बिहान बस पल्टिँदा १२ जनाको ज्यान गएको र १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

अहिले उद्धारको काम भैरहेको र घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । कालिञ्चाेक मन्दिर दर्शनका लागि रिजर्भ गरेर फर्किएको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट पल्टिएर दुर्घटना भएको हो । गएको कात्तिकमा पनि सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो ।


advertisement

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: