अर्घाखाँची जिल्ला कै नमुना विद्यालय श्री हरिहर संस्कृत तथा साधारण मा वि को ८३ औं वार्षिकोत्सव तथा ११९ हरिहर जयन्ती सम्पन्न

meropati

अर्घाखाची,३० मंसिर । जिल्लाको पूर्वि भेग पाणिनी गाउँपालिका को वडा नं २ पोखराथोक स्थित जिल्ला कै नमूना विद्यालय श्री हरिहर संस्कृत तथा साधारण मा वि को ८३औं वार्षिकोत्सव एवम अभिभावक दिवस तथा ११९औं हरिहर जयन्ती तीन दिन सम्म विभिन्न कार्यक्रमहरु का बीच हिजो समापन गरिएको छ ।

तीन दिन सम्म चलेका कार्यक्रम हरु मध्य मा कुर्सी दौड ,भलिबल, अभिभावक घैटो फोर, कक्षा ९-१२ दौड जस्ता कार्यक्रम रहेका थिए कार्यक्रम उत्कृष्ट हुने सहभागी लाई पुरस्कार वितरण गरिएको थियो कार्यक्रम मा विभिन्न संघ संस्था का प्रमुख साथै छिमेकी विद्यालयका प्र हरूको उपस्थिति रहेको थियो।



पाणिनी गाउँपालिका प्रमुख तथा निवर्तमान विद्यालय व्यवस्थापन समिति समितिका अध्यक्ष अच्युत गौतम को प्रमुख आथित्यता साथै विशिष्ट अथिती हरुमा पाणिनी गाउँपालिका उप प्रमुख लक्ष्मी गौतम ,पाणिनी गाउँपालिका शिक्षा विकास तथा खलकुद शाखा का प्रमुख कृष्ण पोखरेल हुनुहुन्थ्यो कार्यक्रम पाणिनी गाउँपालिका वडा नं पोखराथोक क वडा अध्यक्ष नेत्र भट्टराई ,पूर्व विद्यालय व्यवस्थापन समिति का सदस्य माधब गौतम , शिक्षक बालकृष्ण पोखरेल ,ने रा मा वि क प्र पुष्कर पोखरेल को मन्तव्य साथै शिक्षक अर्जुन थापा र कृष्ण पोखरेल को सञ्चालन मा कार्यक्रम सम्पन्न भयेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: