पानी पर्ने माैसमी प्रणाली नेपालबाट आज देखि बाहिरियाे

meropati

काठमाण्डौ,३० मंसिर । तीन दिन देखि अस्तव्यस्त रहेको मौसम सोमबार देखि सुधार हुने मौसम विद्ले बताएका छन् पानी पार्ने मौसमी प्रणाली नेपालबाट बाहिरिइ सकेकाले अब कम्तीमा तीन दिन पानी र हिउँपर्ने सम्भावना नरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

तर केही ठाउँको आकाशमा सोमबार पनि बादल भने लाग्ने उहाँले बताउनु भयो । तराइका क्षेत्रमा अहिले लागेको हुस्सु पनि बिस्तारै हट्दै जाने उहाँको भनाइ छ । सोमबार बिहान साढे ६ बजे काठमाण्डौको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: