सावधान ! तपाईंका यी दश बानीहरुले मृगौला बिगार्न सक्छ…

Avatar
३० मंसिर २०७६, सोमबार ११:४७

सावधान ! तपाईंका यी दश बानीहरुले मृगौला बिगार्न सक्छ मानव शरीरको महत्वपूर्ण अंगहरुमध्ये एक हो । विशेष गरी रगतमा हुने विकार र बढी भएको पानीलाई छानेर पिसाबको माध्यमबाट बाहिर फ्याँक्ने र शरीरलाई स्वस्थ राख्ने विशिष्ट अंग हो यो । मृगौलाले रगतको विकारलाई छान्ने, त्यसलाई शुद्ध र शरीरको लागि उपयोगी बनाउने काम गरिरहेको हुन्छ । रगतलाई शुद्ध अर्थात् विकाररहित बनाउनुका साथसाथै मृगौलाले विभिन्न हर्मोनहरु पनि पैदा गरिरहेको हुन्छ र यसले रगतमा रातो रक्तकोषको उत्पादनलाई पनि प्रोत्साहित गरिरहेको हुन्छ । मृगौलाले रगतको माध्यमबाट शरीरको लागि चाहिने खनिजहरु सोस्ने, बढी भएको पानीलाई फ्याँक्ने र रगतको पीएच स्तरलाई ठीक्कको अवस्थामा राख्ने काम गररहेको हुन्छ ।

मृगौलाले सही ढंगले काम गर्न सकेन भने विभिन्न खाले स्वास्थ्य समस्याहरु पैदा हुन थाल्छ । यस अर्थमा पनि मृगौलालाई हामीले विशेष ख्याल गर्नैपर्छ । यहाँ मृगौलालाई नोक्सानी पुर्याउन सक्ने १० खराब बानीका बारेमा हामी केही चर्चा गरिएको छ ।मृगौलाले रगतलाई छान्ने र त्यसमा भएका विकारहरुलाई हटाउने हुनाले हामीले पर्याप्त मात्रामा पानी पिउने बानी गर्नुपर्छ । हामीले पर्याप्त मात्रामा पानी पिएनौं भने हामीलाई जलविनियोजन अर्थात् डिहाइड्रेसन हुन्छ, जसको सोझो असर भनेको मृगौलाले रगतलाई राम्ररी छान्न पाउँदैन र रगतमा विषाक्तता बढ्न जान्छ । त्यसबाहेक, पर्याप्त मात्रामा पानी पिउने बानी गर्नाले मृगौलामा अत्यन्तै पीडादायी हुने पत्थरी पनि बन्न पाउँदैन ।

२. जथाभावी पीडानाशक औषधीको प्रयोग

आधुनिक समाजको सबैभन्दा ठूलो स्वास्थ्य समस्याहरुमध्येका एक भनेकै जथाभावी पीडानाशक औषधी अर्थात् पेनकिलरको प्रयोग बन्दै गइरहेको छ । तनाव, भागदौड र प्रदूषणले जेलिएको आधुनिक जीवनशैलीको सहउत्पादनको रुपमा विभिन्न थरिका पीडाहरु पैदा हुने गर्छ र त्यसबाट सजिलै छुटकारा पाउने विधि भनेको पीडानाशक औषधीको सेवन बन्ने गरेको छ । त्यस्ता औषधीले तत्कालै त पीडाबाट मुक्ति दिन्छ तर त्यसले मृगौलालाई चाहिँ नोक्सान पुर्याउँछ ।

सामान्य मात्राको त्यस्तो औषधीले तत्कालै त खराबी गरिहाल्दैन तर चिकित्सकको सल्लाहबिना जथाभावी र चाहिनेभन्दा बढी औषधीको सेवन गर्ने, जतिखेर पायो त्यतिखेरै खाने बानीले चाहिँ निश्चितै रुपमा मृगौलालाई बिगार्ने काम गरिरहेको हुन्छ ।

पीडानाशक औषधीले मृगौलामा जाने रगतको प्रवाहलाई कम गरिदिन्छ । जसको परिणामस्वरुप मृगौलासम्बन्धी घातक रोगहरु लाग्ने खतरालाई बढाइदिन्छ ।

३. नूनको धेरै प्रयोग

नून मन्द विषको रुपमा पनि कुख्यात छ । शरीरको लागि अत्यावश्यक पदार्थहरुमध्येको एक नून पनि हो तर यो सामान्यतः एउटा मानिसलाई चाहिने मात्रामा प्राकृतिक रुपमै भोजनहरुबाट प्राप्त हुने गर्छ । तर हामी खानेकुरालाई स्वादिलो बनाउनको लागि शरीरको लागि चाहिने मात्रामा भन्दा पनि बढी नून खाने गर्छौं । तर धेरै मात्रामा नून खाने बानीले खालि मृगौलालाई भार पारिदिन्छ र जसलको नतिजा भनेको मृगौला नै काम नलाग्ने हदसम्ममा पुग्ने पनि हुन सक्छ ।

४. लामो समयसम्म पिसाब रोक्नु

धेरै जसो मानिसहरु पिसाब फेर्ने ठाउँ नपाएर, अल्छी गरेर वा कामको व्यस्तताका कारण लामो समयसम्म पिसाब रोक्ने गर्छ । यो बानी चाहिँ मृगौलाको लागि अत्यन्तै खराब हो । तर मृगौलालाई जोगाउने हो र स्वस्थ राख्ने हो भने जतिसुकै व्यस्त भएपनि अल्छी नगरिकनै पिसाब लाग्नेबित्तिकै फेर्ने बानी गर्नुपर्छ । विभिन्न अध्ययनहरुले के प्रमाणित गरिसकेको छ भने लामो समयसम्म पिसाबलाई रोक्ने बानी गर्दा पिसाब नलीमा संक्रमण हुने खतरा बढेर जान्छ । पिसाब नलीमा संक्रमण हुनुभनेको शरीरमा नोक्सानदायी व्याक्टेरियाहरुले प्रवेश पाउनु नै हो । र, त्यसलाई बेलैमा उपचार गर्न सकिएन भने कतिपय अवस्थामा त त्यसले मृगौलालाई नै पनि काम नलाग्ने गरी बिगारिदिन सक्छ ।

५. अत्यधिक गुलियोको सेवन

सुत्नु स्वास्थ्यको लागि र मृगौलाको लागि अति जरुरी छ । सामान्यतः ६ देखि ८ घण्टा सुत्नु स्वास्थ्यको लागि आवश्यक मानिन्छ । सामान्यतः हामी गहिरो निद्रामा रहेको बेला मृगौलाका नष्ट भएका वा खराब भएका कोषहरु पुनर्निर्माण भइरहेको हुन्छ । तर हामी पर्याप्त मात्रामा सुतनौं भने मृगौलाले रक्त सुद्ध पार्ने काममा नै खट्नुपर्ने हुन्छ । फलतः उसले आफ्ना बिग्रेका कोषहरु मर्मत गर्न वा नयाँ बनाउन पाउँदैन । मृगौलाका कामहरु हामी सुत्ने र उठ्ने प्रक्रियासँग मिलेर सम्पन्न भइरहेको हुन्छ । हामीले पर्याप्त मात्रामा सुतेनौं भने उच्च रक्तचाप तथा रक्तधमनीहरुमा अवरोध आउने खतरा हुन्छ । यो भनेको फेरि पनि मृगौलामा जटील समस्याहरु पैदा हुने अवस्था सिर्जना हुनु नै हो ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार ११:४७

प्रतिक्रिया दिनुहोस्