काठमाडौं,३० मंसिर । सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ।
आर्मीले सोमबार भएको खेलमा फ्रेण्ड्स क्लबमाथि २–१ को जित हात पारेको हो। आर्मीका लागि नवयुग श्रेष्ठले तेस्रो मिनेटमै गोल गरेर सुरुवात अग्रता दिलाए।
दोस्रो हाफ सुरु भएको सातौं मिनेटमा फेण्ड्सले बराबरी गोल फर्कायो।
फेण्ड्सका लागि शक्ति राईले ५२ मिनेटमा बराबरी गोल फर्काएका थिए। ८१ मिनेटमा दिनेश हेञ्जनले गोल गरेपछि आर्मीले खेलमा दोस्रो पटक अग्रता लिएको थियो।
प्रतिकृया दिनुहोस