महराको पुनरावेदन रिटमाथि उच्च अदालतमा सुनुवाई हुँदै के थुनामुक्त होलान् ?

meropati

काठमाडौ, ३ पुस । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा दिएको पुनरावेदनको आज सुनुवाइ हुँदैछ । जर्वजस्ती बलात्कार प्रयास आरोपमा आफूलाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौँको निर्णयविरूद्ध महराले पुनरावेदन गरेका थिए

उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदन निवेदनमा बिहीबार सुनुवाइ गर्न लागेका हुन् ।



महराले आफूलाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश बदर माग गरेका थिए ।

यसअघि उच्चले जिल्ला अदालतको आदेश मगाउने निर्णय गरेको थियो ।

बिहीबारको सुनुवाइमा उच्चले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गर्ने अथवा बदर गर्नेमध्ये एक निर्णय गर्ने छ । उच्च अदालतले जिल्लाको फैसला उल्ट्याए महरा थुनामुक्त हुने छन् भने सदर गरे थुनामै रहनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: