भारतमा नागरिकता संशोधन विधेयक सीएएको विरोधमा भारतका विभिन्न राज्यमा प्रदर्शन

meropati

बुटवल,३ पौष । केही समय यता नागरिकता संशोधन विधेयक सीएएको विरोधमा भारतको विभिन्न राज्यमा विरोध र प्रदर्शन भैरहेका छन् । यता बिरोध र प्रदर्शन भैरहेको बेला भारतको दिल्ली, उत्तर प्रदेश र कर्नाटकमा स्थानीय प्रशासनले धारा १४४ लगाएको छ । तर भारतको दिल्लीमा भने धारा १४४ लगाएता पनि ठूलो संख्यामा प्रदर्शनकारीहरु लाल किल्लामा जम्मा भएर बिरोध र प्रदर्शन गरिरहेका छन् । त्यहाँ प्रहरीले स्वराज पार्टीका नेता योगेन्द्र यादव लगायत केही व्यक्तिहरुलाई सुरक्षार्मीले हिरासतमा लिएका छन् । दिल्लीका कैयौ इलाकामा रहेको टेलिकम सेवामा समेत असर पुगेको छ ।



भारतको टेलिकम कम्पनी एयरटेलले एक उपभोक्तको गुनासोको जवाफमा भन्यो दिल्लीको केही इलाकामा इन्टरनेट सेवा बन्ध गरिएको छ । यद्यपि पछि एयरटेल कम्पनीको उपभोक्ता सहयोग विभागले यी सबै ट्वीटलाई हटाएको छ । बेंग्लोरमा प्रदर्शनमा सहभागी भएका चर्चित इतिहासकार रामचन्द्र गुहालाई प्रहरीले पक्राउ गरेको छ । कर्नाटकको दक्षिण कन्नड जिल्लामा २१ डिसेम्बर सम्म निषेध लागू गरेको छ । तर निषेध लागू गरे पनि वामपन्थी दलले विरोध प्रदर्शन जारी राखेका छन् ।

हैदराबद, चेन्नई र चण्डीगढमा पनि प्रदर्शन चर्किएको छ । नागरिकता कानुनको विरोधमा वामपन्थी पार्टी र मुस्लिम संगठनले बिहीबार भारत बन्दको आह्वान गरेका छन् । सीपीएम, सीपीआई, सीपीआई एमएल फरवार्ड ब्लक र आएसपीले एक संयुक्त बयानमा भनेको छ– यस दौरान देशैभर विरोध प्रदर्शन गरिनेछ । यो विरोधलाई केही विपक्षी दलले पनि समर्थन गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: