डोल्पामा तीन दिन देखि टेलिफोन सेवा ठप्प

meropati

डोल्पा,३ पुस । हिमाली जिल्ला डोल्पा तीन दिन देखि टेलिफोन सेवा ठप्प भएको  छ । गत मंगलबार दिउँसोदेखि गएको मोबाइल नेटवर्क अझैसम्म नआएपछि सिंगो डोल्पा जिल्ला नै तीन दिनदेखि टेलिफोन सेवाविहीन भएको हो ।

जिल्ला सदरमुकाम दुनै, जुफाल, खदाङलगायतका जिल्लाका विभिन्न क्षेत्रमा राखिएको टेलिफोन टावरबाट फोनसेवा सुचारु नभएकाले फोन तथा ईन्टरनेट सेवा ठप्प भएको छ ।



मंगलबारदेखि डोल्पामा लेन्डलाइन टेलिफोन, नमस्ते र स्काइको मोबाइल सेवा, एडिएसएल इन्टरनेट सेवालगायतको कुनै पनि सञ्चार सेवा छैन् ।

अबरुद्ध टावर सुचारु गर्नका लागि डोल्पाका विभिन्न ठाउँमा राखिएको टावरमा पुगेर जाँच गर्ने काम भइरहेको दूरसञ्चार कार्यालय डोल्पाका प्रमुख दयाविक्रम केसीले जानकारी दिए ।

जुम्ला-डोल्पा र जुम्ला-कालिकोट जिल्लाका सीमावर्ती क्षेत्रमा राखिएका माइक्रोवेभ टावरमा समस्या आएको हुनसक्ने नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: