नेपाली सेनाका चार जना उच्‍च पदस्थको बढुवा गरियो

meropati

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका चारजना उच्च पदस्थहरूको बढुवा गरेको छ । सहायक रथी निर्मलकुमार थापालाई उपरथी पदमा, महासेनानी नारायण सिलवाललाई सहायक रथी पदमा, प्रमुख सेनानीहरू लब खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानी दर्जामा पदोन्नति गरेको हो ।

त्यस्तै, गत मंसिर ३० गते नै  बसेको मन्त्रिपरिषदकाे बैठकले २ सेनानीको राजीनामा स्वीकृत गरेको छ । मन्त्री परिषदले महासेनानी दीप सिंह, प्राविधिक महासेनानी डा. अमित जोशीको राजीनामा स्वीकृत गराएको सरकार प्रवत्ता तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । त्यस्तै मन्त्रिपरिषदले तीन जना उपरथीहरुको सरुवा गर्ने निर्णय गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: