मुख्य समाचार

पेप्सी उत्पादकविरुद्ध १ अर्ब २९ करोड कर छलीको मुद्दा

 काठमाडौं,३ पुस । पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध राजश्व अनुसन्धान विभागले भ्याट छलीको अभियोगमा मुद्दा दायर गरेको छ । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर प्रयोग गरी राज्यलाई १ अर्ब २९ करोड ९२ लाख रुपैयाँ हानि नोक्सानी गराएको भन्दै विभागले वेभरेजका अमित गुप्तासहित ७ जना उपर करिब २ अर्ब रुपैयाँ जरिबाना र ३ वर्ष कैद सजायको माग गर्दै बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

 वरुण वेभरेज प्रालिले राजश्व चुहावट गर्ने दूरासयले झुट्टा तथा नक्कली कर विजक जारी गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनका अनुसार वेभरेजका वर्तमान तथा पूर्व सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविणकुमार अग्रवाल, विनादेकुमार सिंह र अशोक कुमारबाट बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर भएको हो ।


advertisement

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: