मोटरसाइकल चोरीमा सक्रिय, ११ जना पक्रउ

meropati

काठमाडौ, ४ पुस । काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने पेशेवर समूह नै सक्रिय रहेको पाइएको छ । उपत्यकाका विभिन्न स्थानबाट  चोरीमा संलग्न समातिएपछि यस्तो समूह सक्रिय रहेको पाइएको हो ।

प्रहरीका अनुसार, चन्द्रागिरि, नागार्जुनन, कीर्तिपुरलगायतका क्षेत्रबाट पछिल्ला केही दिनयता मात्रै ९ मोटरसाइकल हराएका छन् ।प्रहरीले हराएका मोटरसाइकलसहित ११ जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका अनुसार, मदन तामाङ, सोम सुनार, सन्दीप गुरुङ, सन्तोष गोले छन् ।



त्यस्तै, नवलपरासीका भरत थापा, चन्द्रागिरिका रिन्जेन मोक्तान, काभ्रेपलाञ्चोकका इन्द्रबहादुर तामाङ र गणेश लामा, सिन्धुलीका विक्रम भुजेल, बर्दियाका राजु पौडेललाई पनि प्रहरीले मोटरसाइकल चोरीमा संलग्नको आरोपमा नियन्त्रणमा लिएको छ । चोरी मुद्दा दर्ता गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: