मुख्य समाचार

मृत्यु दण्ड अघि नै मृत्यु भए पनि मुशर्रफको शवलाई ३ दिनसम्म इस्लामावादको चोकमा झुण्ड्याउन विशेष अदालतको आदेश

दिल्ली,४ पौष । पूर्व राष्ट्रपति परवेज मुशर्रफ माथि मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानको विशेष अदालतले फेरि अर्काे निर्णय सुनाएको छ । यदि मुशर्रफलाई मृत्युदण्ड दिनु अघि नै उनको मृत्यु भयो भने पनि उनको शव इस्लामा वादको चोकमा तीन दिन सम्म झुण्ड्याउनू भनि अदालतले आदेश दिएको छ । गत मंगलबार मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाउने तीन सदस्यीय बेन्चका प्रमुख र पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमदले १ सय ६७ पानाको विस्तृत फैसला लेखेका छन् ।

मृत्युदण्ड दिनु अघि नै मुशर्रफको मृत्यु भए पनि पूर्व राष्ट्रपतिलाई फाँसीको फन्दामा झुण्ड्याउनु पर्ने न्यायाधीश अहमदले लेखेका छन् । फैसलाका अनुसार भाग्ने र दोषी साबित भएकालाई गिरफ्तार गर्नका लागि पूरै शक्ति प्रयोग गर्न र कानुन अनुसार सजाय दिन हामी कानुन प्रवर्तक एजेन्सीहरुलाई निर्देश दिन्छौ । यदि यदी उनी मृत भेटिएमा उनको लाश इस्लामावादको चोकमा तीन दिन सम्म झुण्ड्याउन भनी पाकिस्तानको विशेष अदालतले आदेश गरेकाे छ  ।


advertisement

अदालतको यस्तो निर्णय पछि मुशर्रफका समर्थकहरुले देशका विभिन्न भागमा उनको समर्थनमा र्‍याली  समेत निकालेका छन् । मुशर्रफ माथि संविधानलाई प्रभावहीन बनाएर सन् २००७ मा संविधान विरुद्ध आपतकालीन घोषणा समेत गरेकाे र देश द्रोहीको आरोप समेत पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफ माथी लगाईएको छ । यता पाकिस्तानी सेनाले भने मुशर्रफको समर्थन गर्दै देशको सेवा गर्नेलाई देश द्रोही भन्न नमिल्ने भन्दै मुशर्रफको बचाउ गर्दै आइरहेको  shiftindia.com  ले समाचार लेखेकाे छ ।

याे पनि पढ्नुहोस 

पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई मृत्यदणडको सजाय

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: