मुख्य समाचार

जलाउदै गरेको शव प्रहरीको नियन्त्रणमा

बारा,५ पौष । बारा प्रहरीले बारामा जलाउदै गरेको शवलाई नियन्त्रणमा लिएको छ । हत्या गरी महिलाको शवलाई जलाउन भनी लगिएको खबर पाए पछि जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार नियन्त्रणमा लिएको थियो ।

पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्ती देवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिनु भयो ।


advertisement

श्रीमान् र श्रीमती बीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाए पछि त्यस बारे बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले श्रीमती नुनियाको शवलाई जलाउँदै गरेको खुले पछि शवलाई नियन्त्रणमा लिएको उपरीक्षक खनालले बताउनु भयो ।

शव पूर्ण रुपमा नजलेको कारण केही हाड फेला पारेको र मृतकका श्रीमान्, सासू ससुरा सबै फरार रहेका छन् घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले बताउनु भएको छ ।

मृतकको माइती भारतको मोतिहारी जिल्लाको जुयाफर भन्ने ठाउँमा रहेका छन् । माइती पक्षले नै सो घटनाको बारेमा जानकारी दिए पछि प्रहरी तत्कालै गाउँमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: